विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय सीमा बिहिबार (आज) सकिँदै छ ।
प्रदेश प्रमुख खापुङले गत १७ गते संविधानको धारा १६७ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन् ।
उनले दिएको समयमा मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस, माओवादी, नेकपा एस र समाजवादीले दाबी पेस गर्ने तयारी गरेका छन् ।
नयाँ सरकार गठनकै लागि तीव्र छलफलमा रहेका दलका प्रदेशस्तरीय नेताहरू केही दिनदेखि काठमाडौँमा रहेका छन् ।
गठबन्धन दलले यसअघि नै मुख्यमन्त्रीमा कांग्रेस नेता उद्धव थापालाई अघि सारिसकेको छ । उनैलाई राप्रपालाई सहमतिमा ल्याउने जिम्मा पनि दिइएको छ ।