काठमाडौँ । बिहिबार(आज) सुनको मूल्य घटेको छ । बुधबार १ सय रुपैयाँ घटेको सुनको मूल्यमा बिहिबार प्रतितोला १८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुन १ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।