२०७८ साल माघ ६ गते बिहिबार

तराईमा हुस्सु र तीन प्रदेशमा हिमपातको सम्भावना

न्युजलय १३ मङ्सिर २०७८, सोमबार ०७:२९ मा प्रकाशित

काठमाडौ । नेपालमा न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगलादेश​ तथा अरब सागर रहेको छुट्टाछुट्टै न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको हो । 

सोमबार बिहान पहाडी भू(भागमा बदलीका साथै र पहाड तथा तराईमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भू(भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ ।