कांग्रेसका उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

न्युजलय २१ असार २०८०, बिहिबार ०६:१८ मा प्रकाशित

काठमाडौँ । सत्तारुढ गठबन्धनले कांग्रेसका उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। 

बिहीबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकले बिहीबार बेलुका ५ बजेसम्म कांग्रेसका उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गरेको बताइएको छ ।  

माओवादी केन्द्र कोशी प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर आङबो र एकीकृत समाजवादीका राजेन्द्र राईलाई बोलाएर थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्न निर्देशन दिइएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।