काठमाडौं । मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन्।
पीडित युवतीको उजुरीपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पोखरेललाई पक्राउ गरेको हो।
पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको परिसरले जनाएको छ । एक युवतीले आफूमाथि बलात्कार भएको भन्दै पोखरेलविरुद्ध उजुरी दिएपछि पक्राउ गरिएको बताइएको छ ।