थप २७ जनामा कोरोना संक्रमण पुष्टि

न्युजलय ११ असार २०७९, शनिवार १०:३५ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ८ सय २ जनामा गरिएको नमूना परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने  अहिले देशभर १८८ जान संक्रिय संक्रमित रहेका छन् ।