सप्तरीका मिटरब्याजी रामदेव साहकी छोरी पक्राउ

न्युजलय ३० जेठ २०७९, सोमबार ०८:०८ मा प्रकाशित

काठमाडौं । सप्तरीका मिटरब्याजी रामदेव साहकी छोरी अनुराधा साह पक्राउ परेकी छिन् ।

ठगी र अपराधिक विश्वासघात मुद्दाको आरोपमा अनुराधालाई काठमाडौंको बुद्धनगरबाट प्रहरीले २८ गते पक्राउ गरेको हो । ४५ वर्षीया साहलाई काठमाडौंबाट पक्राउ गरी प्रहरीले सप्तरी पठाइसकेको प्रहरीले जनाएको छ ।

उनले बुवा रामदेवसँग साँठगाँठ गरेर विभिन्न व्यक्तिहरुको मिटरब्याजमा पैसा लिने र त्यसबापत धेरै रकम लिएको उजुरी परेको छ।

केही दिन अघि प्रधानमन्त्री शेरबहादुर देउवाले रामदेवलाई कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका थिए ।