२०७८ साल माघ ६ गते बिहिबार

चितवनमा एमाले महाधिवेशन उद्घाटन आज

न्युजलय १० मङ्सिर २०७८, शुक्रबार ०७:५४ मा प्रकाशित

चितवन । नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनको आज (शुक्रबार) दिउँसो नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । उद्घाटनअघि विभिन्न ठाउँबाट र्‍याली निस्कने छ । 

एमालेले उद्घाटन समारोहमा पाँच लाखलाई सहभागी गराउने दाबी गर्दै आएको छ । महाधिवेशन उद्घाटनका लागि नारायणी नदीको किनारलाई आमसभास्थल तय गरेर भव्य मञ्च निर्माण गरेको छ । आमसभा स्थलमा सबै नअटाउने भएका कारण बाहिर बसेर पनि भाषण सुन्नका लागि ठाउँ ठाउँमा डिजिटल डिस्प्ले बोर्डहरु राखिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुनेछन् । माओवादी अध्यक्ष प्रचण्ड भने सहभागि नहुने भएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनमा कुल दुई हजार १७५ जना प्रतिनिधि बन्दसत्रमा सहभागी हुने छन् । बन्दसत्र सौराहामा हुँदैछ ।