विराटनगर । प्रदेश १ सरकारका गठबन्धन दलहरूले मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मत दिन सांसदहरूलाई ‘ह्वीप’ जारी गरेका छन् ।
विराटनगरको बिग होटलमा सांसदहरूलाई भेला गराएर ह्वीप जारी गरिएको हो । मुख्यमन्त्री राईले मंगलवार (भोलि) विश्वासको मत लिँदैछन् । तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएपछि गत कात्तिक १६ गते राई मुख्यमन्त्री बनेका हुन् ।
नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जसपा सम्मिलित ५ दलीय गठबन्धनबाट राई मुख्यमन्त्री बनेका छन् । प्रदेशको ५ दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् ।
९३ सदस्यीय प्रदेश सभामा हाल ९२ सांसद छन् ।