काठमाडौं । नेपाली कांग्रेसका डा.शेखर कोइराला पक्षले नेपाल विद्यार्थी संघ र तरुण दलमा आवद्ध आफ्नो पक्षको भेला बोलाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले परामर्श नगरी नेविसंघ र तरुण दलको अध्यक्ष चयन गरेपछि शेखर पक्षले आफू पक्षका नेताहरुको भेला बोलाएको हो ।
कार्यसम्पादन समितिले भातृ संस्थाको नेतृत्व सभापतिले आपसी परामर्शमा चयन गर्ने निर्णय भए पनि देउवाले त्यसलाई लत्याएको शेखर पक्षको आरोप छ ।
नेविसंघको अध्यक्ष नियुक्तिको विरोधमा शेखर पक्षका कार्यकर्ताले विरोध प्रदर्शन गर्ने भएका छन् । देउवाले बुधबार नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई चयन गरेको थियो ।