एमाले अध्यक्ष केपी ओली अस्वस्थ

न्युजलय २३ मङ्सिर २०७८, बिहिबार ०७:३१ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। ओलीलाई मौसमी रुघाखोकीसँगै ज्वरो आएको उनको सचिवालयले जनाएको छ।

अस्वस्थ भएपछि ओली घरमै आराम गरिरहेका छन्। एमाले महाधिवेशनपछि धपेडीमा परेकाले अध्यक्ष ओली सामान्य बिरामी परेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।