काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर २२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा १ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४०१ जनामा कोरोना परीक्षण भएको थियो ।
यस्तै पछिल्लो २४ घण्टामा १६८ जना निको हुँदा देशभर सक्रिय संक्रमित २ हजा ४७३ जना रहेका छन् ।