यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय ११ बैशाख २०७९, आइतबार ०२:४३ मा प्रकाशित

काठमाडौँ । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानको मौसममा सामान्यदेखि आंशिक बदली भएको छ।


हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

आज दिनभर प्रदेश १ को पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको महाशाखाको आँकलन छ ।