महिला, बालबालिका मन्त्री चौधरीलाई मातृशोक

न्युजलय ८ असार २०८१, शनिवार ०१:४० मा प्रकाशित

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई मातृशोक परेको छ । मन्त्री चौधरीकी सासुआमा महेश्वरी देवी चौधरीको ८० वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।


दाङको लमही नगरपालिका वडा नं. १ स्थित आफ्नै घरमा निधन भएको मन्त्री चौधरीका देवर करण चौधरीले जानकारी दिए । सात भाई छोरा तीन छोरीकी आमा चौधरीको शनिबार परम्परागत रुपमा अन्त्येष्ठी गरिने छ । 


सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित मन्त्री चौधरी समाजसेवी, थारु अगुवा युवा दिनेश चौधरीसँग विवाह गरेर दाङ गएकी थिइन् । पछि श्रीमानसँगै दाङबाट सुनसरी आएर राजनीति र सामाजिक काममा सक्रिय भएकी थिइन् । श्रीमान चौधरीको २०६४ सालमा दुर्घटनामा निधन भएको थियो ।