धरान । धरानका मेयर हर्क साम्पाङले राजनीतिको परिभाषा दिएका छन् ।
सामाजिक सञ्जालमा सक्रिय साम्पाङ बिहान फेसबुक लाइभमार्फत उनले राजनीतिबारे आफ्नो बुझाइ राखेका हुन् ।
राजनीति भनेको सबैले समर्थन गर्ने क्षेत्र नभएको उनको भनाई छ । ‘राजनीतिमा विरोधी हुन्छन्, ती विरोधीसँग सङ्घर्ष गर्दै अगाडि बढ्नुलाई नै राजनीति भनिन्छ,’ उनले अगाडि भने, ‘त्यसकारण यो सत्य बुझिदिन आग्रह गर्छु ।
बाधाहरूलाई चिर्दै अघि बढ्ने क्षेत्र भएकोले विरोधी हुनु जरुरी छ, हुन्छन् नै । यसमा सबै जनाले ताली बजाउनुपर्छ भन्ने छैन ।’
आफूहरूले ठूलो श्रमदान अभियान शुरु गरेको मेयर साम्पाङले बताए । धरानको पर्यायवाची शब्द नै श्रमदान भएको हो, एउटा पुण्यको काम हामीले गरिएका छौँ,’ उनले भने ।