काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गामा तारबार लगाउने

न्युजलय १७ असार २०८०, आइतबार ०९:०३ मा प्रकाशित

काठमाडौँ । काठमाडौं महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गामा तारबार लगाउने भएको छ । सो सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउन लागिएको हो ।

महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली तारबार लगाउनको लागि आइतबार(आज) दिउँसो सो स्थानमा जान लागेको बताइएको छ । 

केही दिन अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणमा चार जनालाई पक्राउ गरेको थियो। ब्युरोले यसको अनुसन्धान गरिरहेको बेलामा महानगरले संरक्षण गर्ने भन्दै घेरा लगाउन लागेको हो।