काठमाण्डौ । पाकिस्तानमा एक वैवाहिक समारोहमा जान लागेको बस दुर्घटना हुँदा कम्तीमा ९ जनाको ज्यान गएको छ ।
सो दुर्घटनामा परेर अरु कैयौँ व्यक्ति घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल पुर्याइएको छ । शुक्रबार राति पञ्जाब प्रान्तको एक ग्रामीण सडकमा सो दुर्घटना भएको थियो ।
विवाहको भोजमा सहभागी हुन जान लागेको बस सडकबाट तल खसेको थियो । यसमा परेर घाइते भएकाहरुको अवस्था निकै नै गम्भीर रहेको प्रहरीले जनाएको छ ।