यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय ९ फाल्गुण २०७८, सोमबार ०१:५१ मा प्रकाशित

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रदेश १ लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।


आज पहाडी भू-भागको केहि स्थानहरूमा मेघ गर्जनरचट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना छ।


दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ। राति पहाडी भू-भागमा सामान्य बदली हुनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।