‘बिग बोस सिजन १५’ को उपाधि तेजस्वीलाई

न्युजलय १७ माघ २०७८, सोमबार ०८:३५ मा प्रकाशित

काठमाडौं । चर्चित भारतीय रियालिटि सो ‘बिग बोस सिजन १५’ को उपाधि तेजस्वी प्रकाशले हात पारेकी छिन् साथै उपविजेता प्रतीक सहजपाल बनेका छन् । 


कलर्स टिभीमा प्रसारण भएको उक्त सोको फाइनलमा करण कुन्द्रा, तेजस्वी प्रकाश, प्रतीक सहजपाल, शमिता शेट्टी र निशान्त भाट पुगेका थिए । 

 

उपाधि हासिल गरेसँगै तेजस्वीलाई सुपरनेचुरल सिरिज नागिनको नयाँ अनुहारको रूपमा पनि प्रकट गरिएको थियो ।


सबै शीर्ष पाँच फाइनललाई १० लाखको मूल्यको साथ एक सूटकेस प्रस्ताव गरिएको थियो । निशान्त भट्ट उक्त नगद रकम प्राप्त गर्दै शोबाट बाहिरिएका थिए ।