उदयपुर । उदयपुरमा रहेका परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई नेपाल कम्युनिष्ट पार्टी एमालेका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।
एमसीसीको विरोधमा नाराबाजी र मन्त्रीलाई कालो झण्डा देखाएपछि प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
उदयपुरको चौदन्डिगढी नगरपालिकाको नयाँ भवन र १५ शैयाको अस्पताल भवन गर्न पुगेका मन्त्री खड्काको विरोधमा प्रदर्शन गरिएको हो ।