ब्राजिलमा बाढीपहिरोका कारण १४ जनाको मृत्यु

न्युजलय २० चैत २०७८, आइतबार ११:५७ मा प्रकाशित

काठमाडौं । अबिरल वर्षापछिको बाढी पहिरोमा ब्राजिलको रियो दि जेनेरियो राज्यमा १४ जनाको मृत्यु भएको छ । 

बाढी पहिरोमा ५ जना बेपत्ता भएका छन् । दुई दिनको भारी वर्षाले दक्षिणपूर्वी राज्यको एटलान्टिक तटको ठूलो भाग प्रभावित भएको छ । आगामी दिनमा अझै धेरै बर्षा हुने अनुमान गरिएको छ । 

बाढीबाट मृत्यु हुनेहरूमा आठ बालबालिका पनि छन् । उद्धार कार्यमा सघाउन संघीय सरकारले सैन्य विमान पठाएको राष्ट्रपति जैर बोल्सोनारोले बताएका छन् । 

६ साताअघि पेट्रोपोलिस सहरमा अबिरल वर्षापछिको बाढी पहिरोमा २३३ जनाको मृत्यु भएको थियो ।