काठमाण्डौ । रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा ४० जना घाइते भएको छ ।
हिलेदेबीबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको रामेछापप्रहरीले जनाएको छ ।
घाइतेहरुको उद्दार कार्य जारी रहेको र एम्बुलेन्सबाट ७ जनालाई धुलिखेल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । लुभुखोला माथिको घुम्तीबाट बस तल खसेको बताइएको छ ।