कृष्ण महराका स्वकीय सचिवद्वारा माओवादी पार्टी परित्याग

न्युजलय ८ चैत २०७८, मङ्गलबार ०२:११ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पार्टी परित्यागको घोषणा गरेका छन् । 

 

माओवादी केन्द्र घोराही उपमहानगर कमिटी अध्यक्षसमेत रहेका शर्माले सामाजिक सञ्जालमा स्टाटस लेख्दै माओवादीप्रति असन्तुष्टि जनाउँदै पार्टी त्यागेको घोषणा गरेका हुन् ।  


उनले सोमबार गरिएको दाङको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको उल्लेख गरेका छन् । 

 

महरा पछिल्लोपटक सांसद भएसँगै शर्मा उनको स्वकीय सचिव रहँदै आएका थिए ।