विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आइतबार बिहान जारी गरेको तमु ल्होसारको शुभकामना सन्देश प्रदेशको नाम लेख्न बिर्सिएपछि आलोचनाको सिकार भइरहेका छन्।
गुरुङ समुदायले मनाउने तमु ल्होसारको शुभकामना सन्देश जारी गर्दा मुख्यमन्त्री कार्कीले ‘लेटर हेडमा’ कोशी प्रदेश लेख्न छुटाएका थिए। संविधान र राज्यले चिन्ने मुख्यमन्त्री पदको जिम्मेवारीमा रहेका कार्कीले प्रदेशको नाम लेख्न बिर्सिएपछि उनी आलोचनाको सिकार भइरहेका छन्।
मुख्यमन्त्रीले कोसी प्रदेशको नाम उल्लेख नगरेपछि यस घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ । कतिपयले पूर्वी नेपालमा पहिचान पक्षधरको आन्दोलन जारी रहेको बेला उनीहरूको मागलाई ‘सम्मान गर्दै’ कोसी प्रदेश उल्लेख नगरेको हुनसक्ने अनुमान गरेका छन्।
कतिपयले भने मुख्यमन्त्रीको गम्भीर लापरबाही भनेका छन्।