काठमाडौँ । नेकपा एकीकृत समाजवादी र जनवादीबीच एकता भएको छ । आज राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमाझ दुवै पार्टीबीच एकता घोषणा गरिएको हो ।
एकता घोषणा कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरू उपस्थित छन् । एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा जनवादीका देवेन्द्र महतले पार्टी एकतापश्चात् इमान्दारपूर्वक जिम्मेवारी बहन गर्न बताए ।
‘हामी जनताका जीवनसँग जोडिएका कुराहरु उठाउँछौँ । त्यसको सम्बोधन गर्छौँ । हामी त्यसैमा प्रतिबद्धता छौँ भन्ने भएपछि पनि पार्टी एकता भएको महतले बताए ।