बढ्यो सुनको मूल्य

न्युजलय १७ भदौ २०८०, आइतबार ११:२८ मा प्रकाशित

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा सामान्य वृद्धि आएको जनाएको छ । 

सुनको मूल्य १०० रुपैयाँले बढेको र चाँदीको १० रुपैयाँले घटेको जनाएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ छ । 

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जनाएको छ । आज चाँदीको मूल्य १४ सय ६० रुपैयाँमा आइपुगेको हो ।