एमालेको नयाँ वेबसाइट सार्वजनिक

न्युजलय १९ माघ २०७८, बुधबार ०९:०३ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले परिमार्जित वेबसाइट संचालनमा ल्याएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार(आज) सीपीएनयूएमएल डट ओआरजी सार्वजनिक गरेका हुन् ।

वेबसाइटमा पार्टी सदस्यता लिन सकिने र नवीकरण गर्न सकिने विशेषता समेत थपिएको छ ।

वेबसाइटमा ‘प्रभावशाली राजनेता’ भनेर पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको नाम राखिएको छ।