प्रितम सिंहको बारेमा प्रचण्डको स्पष्टीकरण : ‘त्यो नभनेको भए हुने’

न्युजलय २५ असार २०८०, सोमबार ११:४६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहको बारेमा दिएको अभिव्यक्तिबारे गल्ती भएको स्वीकारेका छन् । उनी आफूलाई प्रधानमन्त्री बनाउने भन्दै प्रितम धेरै पटक भारत गएको अभिव्यक्ति विवादित भएको थियो । सोही अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद अवरुद्ध गरेको थियो । 


सोमबार प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर उनले आफू भावनामा बहकिएको र गल्ती भएको स्वीकारेका छन् । 


उनले आफ्नी जेठी छोरी ज्ञानु क्यान्सरका कारण जीवनमरणको दोसाँधमा रहेका बेला छोरा प्रकाशले दिल्ली लगेको र त्यसक्रममा प्रितम सिंहको घरमा बसेर उपचार गराएको प्रचण्डले बताए । उनले आफूलाई प्रधानमन्त्री हुनुपर्छ भनेर सिंहले पहिला भनेको सम्झे ।


‘थोरै भावनामा आएँ । मैले त्यो नभनेको भए हुन्थ्यो, तर मनमा आयो, मैले भनें,’ उनले भने ।