पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

न्युजलय २२ माघ २०७८, शनिवार ११:३४ मा प्रकाशित

काठमाडौं । पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । 

आरपीपी प्रसारकका अनुसार विमानले पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउनका लागि बोकेको थियो । सो क्षेत्र जेटबाट राम्रोसँग देख्न सकिन्छ। 

दुर्घटनाग्रस्त विमानमा नेदरल्याण्ड र चिलीका नागरिक सवार थिए । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ ।