टर्कीको एक कोइला खानीमा विस्फोट हुँदा ४१ जनाको मृत्यु

न्युजलय ३० असोज २०७९, आइतबार १२:५३ मा प्रकाशित

काठमाडौं । टर्कीको एक कोइला खानीमा विस्फोट हुँदा ४१ जनाको मृत्यु भएको छ । बार्टिन प्रान्तस्थित कोइला खानीमा विस्फोट हुँदा ४१ जनाको मृत्यु भएको राष्ट्रपति रिसेप तैय्यप एर्दोगानले शनिबार बताएका रोयटर्सले लेखेको छ ।


उक्त विस्फोटमा परेका ५८ जनाको उद्धार गरिएको टर्कीका आन्तरिक मामिला मन्त्री सुलेमान सोयलुलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । उक्त खानीमा ११० जना कार्यरत थिए । 


उद्धार गरिएका घाइतेहरुमध्ये १० जनाको बर्टिन र स्टानबुलमा उपचार भइरहेको छ । समाचारमा जनाइएअनुसार बाँकी घाइतेहरु सामान्य उपचारपछि घर फर्किएका छन् ।