काठमाण्डौ । भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसका १६ हजार ७४६ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोनाबाट थप २२० जनाले ज्यान गुमाएका छन्।
समाचारमा बताइएअनुसार पछिल्लो २४ घन्टामा ७ हजार ५८५ जना डिस्चार्ज भएका छन्। यसअघि डिसेम्बर ३० मा १३ हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै डिसेम्बर २९ मा ९ हजार १९५ जनामा संक्रमण भेटिएको थियो।
भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ३ करोड ४८ लाख ३८ हजार ८०४ पुगेको छ। हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ९१ हजार ३६१ छ। यस्तै हालसम्म कोरोनाबाट ४ लाख ८१ हजार ८०जनाले ज्यान गुमाइसकेका छन्।
यसैगरी हालसम्म कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १२ सय ७० पुगेको छ।