एसईई परीक्षाको सबै अधिकार प्रदेश सरकारलाई

न्युजलय १२ फाल्गुण २०७८, बिहिबार ०१:०२ मा प्रकाशित

काठमाडौ । यो वर्षको एसईई परीक्षाको सम्पूर्ण अधिकार प्रदेश सरकारमा हस्तान्तरण भएको छ। प्रदेशले आफ्नो तयारीमा छिटै नतिजा प्रकाशन गर्न पाउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक राष्ट्रिय परीक्षाबोर्डको नियमावली २०७६ संशोधन गरी यस्तो व्यवस्था गरेको हो।

बोर्डका अध्यक्ष डा। महाश्रम शर्माकाअनुसार नियमावली संशोधन भएसँगै सबै अधिकार प्रदेश सरकारमा हस्तान्तरण भएको छ । बोर्डले लब्धाङ्कपत्रमा प्रमाणीकरण गर्ने अधिकार मात्र पाएको छ ।

यसै वर्षदेखि परीक्षाको उत्तर पुस्तिका परीक्षण, टेबुलेसन, कोडिङ, डिकोडिङलगायत सबै प्रदेशले गर्नेछ। बोर्डले यो वर्ष प्रश्नपत्र छपाइ गरी प्रत्येक प्रदेशमा पठाएपछि परीक्षाको सम्पूर्ण काम प्रदेश सरकारले गर्नेछ।