भारतमा थपिए दुई लाख ५१ हजार संक्रमित

न्युजलय १४ माघ २०७८, शुक्रबार १२:४९ मा प्रकाशित

काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ५१ हजार २सय ९ जना कोरोना संक्रमित थपिएका छन् । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार बिहीबार कोभिड–१९ का कारण भारतमा ६२७ जनाको ज्यान गएको छ ।

भारतमा हालसम्म चार करोड चार लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म कोभिड–१९ बाट ४९ हजार भन्दा धेरैको ज्यान गएको छ ।