नक्कली शैक्षिक प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा मोरङका एकसहित दुई जना पक्राउ

न्युजलय २६ साउन २०८०, शुक्रबार ०४:२४ मा प्रकाशित


काठमाडौँ ।  नक्कली शैक्षिक प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौंस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका सीआईबीले जानकारी दिएको छ । चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गए राति काठमाडौंबाट पक्राउ गरिएको हो।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने विरुद्ध ब्यूरोले अपरेशन थालेको छ। बिहीबार पनि ब्यूरोले पाँच जनालाई पक्राउ गरेको थियो।

सीआईबीले हिजो मोरङ–३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित सुनिल शर्मालाई पक्राउ गरेको थियो।