रामेछापबस दुर्घटनाः मृतकको संख्या १२ पुग्यो

न्युजलय २१ असार २०७९, मङ्गलबार ०८:१० मा प्रकाशित

रामेछाप । रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। 

रामेछापबाट रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार(आज) बिहान लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा नौ जना र तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो।

बस दुर्घटनामा घटनास्थलमा नौ जनाको र काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा थप तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उनका अनुसार मृतकको पहिचान भइसकेको छैन। मृत्यु हुनेमा सात जना पुरुष र पाँच जना महिला रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २२ जनाको काभ्रेमा उपचार भइरहेको छ।