सुनको मूल्य घट्यो

न्युजलय १७ बैशाख २०८१, सोमबार ११:१९ मा प्रकाशित

काठमाडौँ ।  सोमबार(आज) सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ। 

आइतबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँ नै घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने बढेको छ ।  आइतबार प्रतितोला १६ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १६ सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ ।