पाल्पामा गुडिरहेको स्कोरपियो पहिरोमा पर्दा तीन जनाको मृत्यु, आठ घाइते

न्युजलय १३ भदौ २०८०, बुधबार ०५:३६ मा प्रकाशित

काठमाडौं । पाल्पाको तानसेन नजिकै गुडिरहेको स्कोरपियो गाडी पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

लु १ ज ४६०० नम्बरको स्कोरपियो पहिरोमा परेको हो । गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको गाडी तानसेन नगरपालिकाकै जोर्तेमा पहिरोमा पुरिएको थियो । पुरिएर एक महिला र दुई पुरुषको मृत्यु भएको बताइए पनि पहिचान भने हुन सकेको छैन ।

दुर्घटनामा घाइते भएकालाई उपचारका लागि पाल्पा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।