सीता दाहालको निधनको खबरले मर्माहत भएको छुः भारतीय प्रधानमन्त्री

न्युजलय २७ असार २०८०, बुधबार ०७:२९ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले ट्विटरमार्फत सीता दाहालप्रति श्रद्धाञ्जली र दाहालको परिवारमा समवेदना प्रकट गरेका हुन् । 

भारतीय प्रधानमन्त्री मोदीले सीता दाहालको निधनको खबरले मर्माहत भएकोसमेत बताएका छन् । 

प्रधानमन्त्री दाहालपत्नी सीता दाहालको बुधबार बिहान उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।