कोशी प्रदेशमा तीन मन्त्री थपिँदै

न्युजलय २४ असार २०८०, आइतबार ०४:१७ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशमा तीन मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री उद्धव थापाले माओवादी केन्द्रबाट जीवन आचार्य, राजेन्द्र कार्की र काङ्ग्रेसबाट रामकुमार खत्री मन्त्री बन्ने भएका हुन् ।  उनीहरूको शपथग्रहण केही बेरमा गर्ने तयारी भइरहेको छ ।

यता मन्त्रीपरिषद् गठनको विषयलाई लिएर एकीकृत समाजवादी रुष्ट बनेको छ । मुख्यमन्त्री थापाले थप  तीन जना विस्तार गर्ने तयारी गर्दा एकीकृत समाजवादीका कोही नपरेपछि एकीकृत समाजवादी रुष्ट बनेको हो ।

एक एक जना मन्त्री थप्ने सहमति भएको थियो, एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले भने यसरी नै सरकार अगाडि बढे हामी यो सरकारलाई विश्वासको मत दिँदैनौँ ।

यसअघि   काँग्रेस र एकीकृत समाजवादीका एक एक जना मन्त्री नियुक्ति भएका थिए ।