काठमाण्डौ । बाँकेमा फेरि बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ।
राप्ती सोनारी गाउँपालिका–४ प्रसौनीकी ५३ वर्षीया लिला विष्टको बिहीबार(आज) दिउँसो बाघको आक्रमणबाट मृत्यु भएको हो।
जलहन सामुदायिक वनमा आज मध्यान्ह घाँस काट्न गएकी विष्टलाई बाघले झम्टिएर लगेर गएको बताइएको छ । तीन जना जंगलमा घाँस काट्न गएका मध्ये विष्टलाई बाघले झम्टिएर लगेपछि सँगै गएकाहरू फर्किएर खबर गरेको बताइएको छ ।
त्यसपछि प्रहरी र स्थानीय ट्याक्टरमा चढेर जंगलतर्फ गएको र घटनास्थलभन्दा ६० मिटर जति टाढा बाघले ती महिलालाई नछोडेपछि प्रहरीले हवाई फायर समेत गरेको बताइएको छ ।
शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा ल्याइएको छ ।