काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सुनकाण्डमा आरोप लाग्दैमा कोही अपराधी नहुने बताएका छन् ।
पार्टीको उपत्यका विशेष प्रदेश इन्चार्जको जिम्मेवारी सम्हाल्ने क्रममा उपमहासचिव पुनले आरोप लागेका माओवादी नेताहरु पुष्टि भए कानुनी दायरामा जाने बताए ।
पुनले सुन तस्करी प्रकरणको छानबिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको भन्दै प्रहरीको छानबिन सकिएपछि प्रतिपक्षी एमालेले भनेजस्तो विशेष समिति गठन गर्न सकिने विकल्प पनि बाँकी रहेको बताए ।