चीनको शियान सहरमा लकडाउन

न्युजलय ८ पुस २०७८, बिहिबार ०१:१८ मा प्रकाशित

 काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण बढे पछि चीनको शियान सहरमा लकडाउन भएको छ । शान्शी प्रान्तमा रहेको शियान सहरमा लकडाउन गरिएको हो ।

लामो दूरीका बस स्टेशन बन्द भइसकेका छन् भने सहरतर्फ जाने नाकामा कडाइ गरिएको छ ।

शियान विमानस्थलबाट हुने धेरै उडान समेत स्थगित गरिएका छन् । अत्यावश्यकबाहेकका व्यापार व्यवसायहरू बन्द भएका छन् भने सरकारी कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ । एक करोड ३० लाख जनसङ्ख्या रहेको यो सहरका नागरिकलाई घर भित्रै बस्न भनिएको छ ।

शियानमा गएको मंसिर २३ गते पछि १ सय ४३ जनामा सङ्क्रमण पाइएको बीबीसीले जनाएको छ ।  सरकारी अधिकारीका अनुसार अहिले त्यहाँ कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको हो ।