काठमाडौं । मकवानपुरमा पहिरोमा परी ६ जना बेपत्ता भएका छन् ।
मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेनीमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष फनिन्द्र कुमार तिमल्सिनाले जानकारी दिए ।
भोर्लेनीका अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका हुन् । घरमा अक्कलबहादुर, उनका श्रीमती, छोरी, ज्वाइँ, २ बच्चा र एकजना पाहुना थिए।
पहिरोले घर पुरिएर उनीहरू बेपत्ता भएका हुन् । बेपत्ता हुने ६ जनामध्ये ५ जना एकै परिवारका हुन् भने एक जना सिन्धुलीबाट पाहुना आएका थिए ।
पहिरोमा परेर एक जनाको ज्यान गएको बताइएको छ । उनको सनाखत हुन बाँकी छ । बेपत्ता हुनेहरूको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।