झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको प्रदेश नम्बर १ को अधिवेशनको उद्घाटन गरेका छन्।
शनिवार(आज) बिहान झापा पुगेका ओलीले बिर्तामोडमा आयोजित प्रथम अधिवेशनको उद्घाटन गरेका हुन् ।
त्यसअघि अर्जुनधारास्थित सुखानी सहिद स्मृति प्रतिष्ठान पुगेर ओलीले सुखानी हत्या काण्डका सहिदहरूको सालिकमा माल्यार्पण गरेका थिए।
५०औँ सुखानी स्मृति दिवसको अवसरमा ओलीले झापा विद्रोहका सहिद रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको सालिकमा माल्यार्पण गरेका हुन्।