इटहरी । सेभेन स्टार क्लव इटहरीले Youth open 6k Run आयोजना गर्ने भएको छ ।
विजया दशमीको अवसर पारेर कार्तिक ३ गते उक्त प्रतियोगिता गर्न लागिएको हो ।
इटहरीको लविपुरमा हुन लागेको उक्त प्रतियोगितामा इच्छुक सहभागीलाई सहभागी हुन अपिल गरेको छ । प्रतियोगितामा महिला र पुरुष दुबैलाई ६—६ कि.मी. पुरा गर्नु पर्ने कार्यक्रम संयोजक रुपेश लिम्बुले बताए ।
असोज २४ बुधबार देखि कात्तिक २ गते सम्म नाम दर्ता गर्नुपर्ने छ । प्रतियोगितामा प्रथम,द्वितीय,तृतीय, चौथो र पाँचौँलाई क्रमश नगद ६ हजार, ४ हजार, २ हजार एक-एक हजार रुपैयाँ पुरस्कार सहित पदक र प्रमाण—पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।