जहाजमा चुरोट तान्ने झापाका एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

न्युजलय २५ जेठ २०८०, बिहिबार ०५:३१ मा प्रकाशित

काठमाडौ । जहाजमा चुरोट तानेको आरोपमा प्रहरीले एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

बुधबार राति दक्षिण कोरियाबाट काठमाडौं आएको जहाजमा चुरोट तानेको आरोपमा एक जनालाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ । 

कोरियन एयरलाइन्स ०६९५ नम्बरको फ्लाइटमा आएका झापाका २८ वर्षीय सुवास पुरीलाई प्रहरीले पक्राउ गरेको हो।

जहाजमा चुरोट तानेको सूचना प्रहरीले पाएको थियो। एयरलाइन्सले प्रहरीलाई पत्रसहित कारबाही गर्न अनुरोध गरेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवकमाथि  थप अनुसन्धान गर्न उनलाई प्रहरी वृत्त गौशालामा पठाइएको छ।