कोशीमा राप्रपाले गठबन्धनलाई सहयोग गर्छः प्रधानमन्त्री प्रचण्ड

न्युजलय १२ भदौ २०८०, मङ्गलबार १०:२१ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गठबन्धनलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले समिति गठन गर्दा राप्रपासँग बनेको सहमतिको वातावरणले कोशीमा सरकार गठन र पूर्णतामा सहजता आउने विश्वास व्यक्त गरेका हुन् ।

उनले यस विषयमा दलहरुबीच सकारात्मक ढंगले छलफल हुने भन्दै सरकार फेल नखाने बरु सफल हुने तर्क गरे ।