काठमाडौं । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भीषण आगलागी भएको छ।
भृकुटीमण्डपभित्र रहेको एक ह्वील चियर गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।
आज दिउँसो ३ बजेदेखि आगलागी भएको हो। अहिले ललितपुर र काठमाडौंबाट आएका दमकलले आगो निभाइरहेका छन्।
आगो नियन्त्रणको प्रयास भइरहेको जनाइएको छ । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।
आगलागीको कारण भने खुलेको छैन।