बढ्यो सुनचाँदीको मूल्य

न्युजलय २५ बैशाख २०८३, शुक्रबार ११:२३ मा प्रकाशित

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

आज सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य १२० रुपैयाँले बढेर ५ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ ।