माओवादीका वडा सदस्यका उमेदवारमाथि खुकुरी प्रहार

न्युजलय २० बैशाख २०७९, मङ्गलबार ०५:४९ मा प्रकाशित

काठमाडौं । बैतडीमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट वडा सदस्यका एक उमेदवारमाथि खुकुरी प्रहार भएको छ ।

सोमबार राति डिलासैनी गाउँपालिका–५ का वडा सदस्यका उमेदवार ६० वर्षीय हरिराम साउदमाथि खुकुरी प्रहार भएको हो ।

घटनामा संलग्न तीनजनामध्ये एकजना पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

साउदमाथि नेकपा (एमाले) कार्यकर्ताले आक्रमण गरेको माओवादीको आरोप छ । घाइतेलाई थप उपचारका लागि कैलाली रेफर गरिएको छ ।

उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ ।